Kathmandu Press

ज्येष्ठ नागरिक दिवसमा ७१ जना सम्मानित

गण्डकी, असोज १६ : ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।राष्ट्रिय परोपकार महासङ्घ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा...
ज्येष्ठ नागरिक दिवसमा ७१ जना सम्मानित

गण्डकी, असोज १६ : ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

राष्ट्रिय परोपकार महासङ्घ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।

Hardik ivf

सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासङ्घ नेपाल वडा एकाइ १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए। 

कार्यक्रमका राष्ट्रिय पराेपकार महासङ्घ केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर पण्डित कमलनयन गौतमले आमा बाबा नै इश्वरको रुप रहेको बताए।

घरमा रहेका बयोवृद्ध साक्षात देवतातुुल्य रहनुभएका जन्मदाता बुबाआमाको सम्मान र सेवा गरे देवता खोज्न कतै जानुनपर्ने उनको भनाइ छ। पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष्य प्रकाश पौडेलले ज्येष्ठ नागरिकमैत्री वडा बनाउन प्रयासरत रहेको जानकारी दिए। 

कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मधयनजर गर्दै छिट्टै घर घरमै पुगेर वृद्धभत्ता दिने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिए।

सङ्गम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय परोपकार महासङ्घ नेपाल वडा एकाइ १५ का सल्लाकार क्याप्टेन हरिकृष्ण कुँवरलगायतले ज्येष्ठ नागरिकलाई मिठो बोली र सम्मान नै सबैभन्दा ठूलो सम्मान र उपहार हुने बताए।

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्