बुटवलमा टिपर दुर्घटना, दुईजना घाइते
बुटवल, असोज १६ : बुटवलमा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।आज (शनिबार) बिहान पौने २ बजे पश्चिमतिरबाट बुटवलतर्फ आउँदै गरेको बा४ख ९४५९ नम्बरको...
बुटवल, असोज १६ : बुटवलमा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
आज (शनिबार) बिहान पौने २ बजे पश्चिमतिरबाट बुटवलतर्फ आउँदै गरेको बा४ख ९४५९ नम्बरको टिपर बुटवलस्थित नेपालगञ्जरोड दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
टिपर सडकबाट तल खसेको पाइए पनि दुर्घटनाको खास कारण खुल्न रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालम उपचार भइरहेको जनाइएको छ। घाइते हुनेमा एकजना पाल्पाको रिब्दिकोट गाउँपालिका ३४ वर्षीय शेरबहादुर सुनार हुन्। उनी टिपर चखलक हुन्।
घाइते अर्का एकजना मकवानपुरका ३२ वर्षीय युवक छन्। पूर्ण विवरण खुल्न बाँकी उनको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १३:१७ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












