काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्सबीचकाे खेल स्थगित
काठमाडौं, असोज १६ : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्सबीच हुन लागेको आज (शनिबार) को खेल स्थागित भएको छ।भिजेको...
काठमाडौं, असोज १६ : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडियटर्सबीच हुन लागेको आज (शनिबार) को खेल स्थागित भएको छ।
भिजेको मैदानका कारण खेल स्थगित भएको आयोजकले जनाएको छ। मैदान भिजेकै कारण इपिएलद्वारा स्थगित गरिएको यो खेल पाँचौं हो।
काठमाडौं किङ्सको आज तेस्रो खेल थियो। भैरहवा ग्लाडियटर्सले यसअघि नै तीन खेल खेलिसकेको छ।
दुई टोलीबीच छलफल भएपछि खेल स्थगित गरिएको आयोजकको भनाइ छ। भैरहवा ४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिँदा दुई खेल मात्र खेलेको काठमाडौं २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
प्रकाशित मिति: १३:०२ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











