समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता
काठमाडाैं, साउन १७ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।<....
काठमाडाैं, साउन १७ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले समाजवादी पार्टी नेपाललाई नयाँ दलका रूपमा दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।
समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। गत बैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएको थियो। एकीकृत दलको अध्यक्ष यादव र भट्टराई दुबै रहेका छन्।
समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन्। समाजवादी पार्टीसँगै अब निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १३१ पुगेको छ।






