Kathmandu Press

बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

म्याग्दी, असोज १६ : म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन्। उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन्। 

बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताए। उनले भने, ‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन, त्यसैमा बच्चा जन्मन्छ, आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ, शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्नुपर्छ ।’

Hardik ivf

कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसाबले निकै कमजारे अनुभूति हुने गर्छ । गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउने गरेको किशोरी विश्वकर्माले बताए। सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्राउन यहाँका किशोरीहरुले हप्ताको एक दिन घरघर गएर अभिभावकलाई बुझाउने गरेका छन्। अहिले यहाँका केही स्थानीय तहमा बालविवाहविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताइएको छ।

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको मालिका–३ रुमका दलबहादुर विकले बताए। यहाँका स्थानीय तहले पनि बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । धौलागिरि र मालिका गाउँपालिकाले बालविवाहविरुद्ध किशोरीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका ती स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। 

मालिका गाउँपालिकाले ‘विवाहवरी २० वर्ष पारि’ भन्ने अभियान नै सञ्चालन गरेको छ भने धौलागिरि गाउँपालिकाले पनि बालविवाहविरुद्धको अभियानलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ।
 

प्रकाशित मिति: ०९:१५ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्