३३ किलो सुन प्रकरणः गोल्यानबाहेक अन्यलाई धरौटी रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं, साउन १७ : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतले व्यापारी महावीर प्रसाद गोल्यानबाहेक अन्य प्रतिवादीको हकमा....
काठमाडौं, साउन १७ : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतले व्यापारी महावीर प्रसाद गोल्यानबाहेक अन्य प्रतिवादीको हकमा उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश गरेका व्यापारी गोल्यानबाहेक अन्य प्रतिवादीहरुलाई थुनामै राख्न आदेश दिएको हो।
जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चले व्यापारी गोल्यानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
यो आदेशसँगै ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोलसहित २८ जनालाई थुनामै रहने छन्।
यसअघि आरोपितहरुलाई जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेको थियो। जिल्ला अदालतले धरौटीमा छोड्न अस्वीकार गरेपछि त्यसविरुद्ध आरोपितहरु उच्च अदालतथ विराटनगर पुगेको थिए। तर, उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएपछि उनीहरु सर्वोच्चमा आइपुगेका थिए।
फैसलाको पूर्णपाठ:






