Kathmandu Press

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल र प्रभातफेरी विजयी

काठमाडौं, असोज १५ : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा पोखरामा भइरहेको ए डिभिजन राष्ट्रिय फुटसल लिगको आजका तीन खेलमा घरेलु टोली स्पोट्र्स क्यासल र...
‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल र प्रभातफेरी विजयी

काठमाडौं, असोज १५ : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा पोखरामा भइरहेको ए डिभिजन राष्ट्रिय फुटसल लिगको आजका तीन खेलमा घरेलु टोली स्पोट्र्स क्यासल र प्रभातफेरी युथ क्लब विजयी भएका छन्। त्यसैगरी  शङ्खमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले अङ्क बाँडेका छन्।

पोखरा रङ्गशाला बहुउदेश्यीय कभर्डहलमा भएको प्रतिस्पर्धामा सविन मेमोरियललाई २–० गोल अन्तरले पराजित गर्दै स्पोर्टस् क्यासलले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो।

प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए।  सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। जितसँगै क्यासलको सात खेलबाट १९ अङ्क भएको छ। सविनको भने सात खेलबाट १० अङ्क छ।

यसैगरी आजको दोस्रो खेलमा शङ्खमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले अङ्क बाँडेका छन्। खेलमा दुबै टोलीको समान २–२ गोल भएपछि एक÷एक अङ्क बाँडे।

शङ्खमुलका लागि क्रिजल खड्काले गोल गर्दै अग्रता बनाए। पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा भने मछिन्द्रले गोल गर्दै बराबरी ग¥यो। २२ औँ मिनेटमा आशिष सुनमले गोल खेल बराबरीमा ल्याए। २७ औँ मिनेटमा अरुज सिंहलेले टोलीका लागि दोस्रो गोल गरेपनि मछिन्द्रका मिसोन गुरुङले ३० औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल बराबरीमा टुङ्गिएको हो। 

अन्तिम खेलमा प्रभातफेरी युथ क्लबले झरना युथ क्लबलाई ७–३ गोल अन्तरले हराएको छ। प्रभातफेरीको जितमा सिजन गुरुङले दुई तथा धिरज जोशी, श्रीजेश पुरी,अखिलेस कार्की, नविन लामा र शान्ता लामाले एक–एक गोल गरे। झरनाका लागि प्रेम छन्त्याल र कप्तान जितेश गुरुङले गोल गरे। प्रभातफेरीका श्रीजेश पुरीले आत्मघाती गोल गरे। 

असोज २ गतेदेखी सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ। लिगको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, असोज १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्