Kathmandu Press

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल चयन

जनकपुर, असाेज १५ : प्रदेश २ को एमाले संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन्। एमाले विभाजन हुनुअघि पनि मण्डल नै संसदीय दलको...
प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल चयन

जनकपुर, असाेज १५ : प्रदेश २ को एमाले संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन्। 

एमाले विभाजन हुनुअघि पनि मण्डल नै संसदीय दलको नेता थिए। पार्टी विभाजनपछि बसेको संसदीय दलको पहिलो बैठकले मण्डलाई नेताको रुपमा चुनेको हो।

त्यसैगरी प्रमुख सचेतकमा किशोरी साह चुनिएका छन्। माधव नेपाल पक्ष एमालेबाट अगल भएपछि प्रदेश २ मा हाल एमालेका सांसद आठ जनामात्र छन्। नेपालले गठन गरेका नेकपा एकिकृत समाजवादीमा भने १३ सांसद छन्।

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्