Kathmandu Press

नेपालमै उत्पादन हुन्छन् प्लाटिनादेखि पल्सर २२० सम्मका मोटरसाइकल, कसको मूल्य कति?

काठमाडौं, साउन १७ : बजाज मोटरसाइकलको नेपालका लागि आधिकारी विक्रेता हुलासचन्द्र एन्ड कम्पनीले नेपालमा १० वटा मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको ज....

नेपालमै उत्पादन हुन्छन् प्लाटिनादेखि पल्सर २२० सम्मका मोटरसाइकल, कसको मूल्य कति?

काठमाडौं, साउन १७ : बजाज मोटरसाइकलको नेपालका लागि आधिकारी विक्रेता हुलासचन्द्र एन्ड कम्पनीले नेपालमा १० वटा मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको जनाएको छ।

नाडा एसोसिएसन अफ नेपालले प्रत्येक चार महिनामा निकाल्ने सवारी साधनको मूल्य सूचीमा कम्पनीले पहिलो पटक नेपालमा उत्पादन भएका मोटरसाइकलहरुको सूची सार्वजनिक गरेको हो।

बजाजले तीन वर्ष अघिदेखि नै मोटरसाइकलको उत्पादन नेपालमा सुरु गर्ने बताएको थियो। तर, बजाजले गत वर्षदेखि मात्रै उत्पादनमा जोड दिन थालेको हो।

कम्पनीले पछिल्लो समय नेपालमा १० वटा मोडलका मोटरसाइकल उत्पादन गरेर विक्री गरिरहेको जनाएको छ। गोल्छा अर्गनाइजेसनको हुलास अटो क्राप्टले उत्पादन गर्दै आएको छ। 

कम्पनीले उत्पादन गर्दै आएका मोटरसाइकलको मूल्य भने १ लाख ६४ हजार ९ सय रुपैयाँदेखि ३ लाख १९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ। कम्पनीले १  सय २ सीसी क्षमताको बजाज प्लाटिनाको उत्पादन गर्दै आएको छ। जसको मूल्य १ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ।

यस्तै, कम्पनीले बजाज डिस्कभर ड्रम, डिस्कभर डिक्स, डिस्कभर स्मार्ट, बजाज पल्सर १५०,  पल्सर १५० टिडी, पल्सर १६० एनएस, पल्सर १८०, पल्सर २०० एनएस, पल्सर २२० एफ र पल्सर २२० एफ मोटरसाइकल नेपालमै उत्पादन गर्दै आएको जनाएको छ। 

हेर्नुस् कुन मोटरसाइकलको मूल्य कति छ?

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, साउन १७, २०७६