Kathmandu Press

जिपको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौ, असोज १५ : शारदा नगरपालिका २ बाङगेसल्लास्थित सडकमा शारदा नगरपालिका ४ साईलाकम्द बस्ने २५ वर्षीय टंक प्रसाद ओलीले चलाएको लु.२ च ५७०१...
जिपको ठक्करबाट २ जनाको मृत्यु
Hardik ivf

काठमाडौ, असोज १५ : शारदा नगरपालिका २ बाङगेसल्लास्थित सडकमा शारदा नगरपालिका ४ साईलाकम्द बस्ने २५ वर्षीय टंक प्रसाद ओलीले चलाएको लु.२ च ५७०१ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने २० वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपालीको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको स्थानीय शारदा मेट्रो अस्पताल हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

जिप अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भई सडक किनारमा बसिरहेका उनीहरूलाई ठक्कर दिँइ सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्