Kathmandu Press

अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

काठमाडौं, असोज १५ : ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू...
अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

काठमाडौं, असोज १५ : ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बिच शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकज्यूहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्‍याउनुभएको योगदानको चर्चा गरे । अन्तरसंवादको क्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरुबाट प्राप्त अनुभव, राय, सुझाव एवं निर्देशनहरु संगठनको नीति निर्माण तथा सुदृढिकरणमा अत्यन्त उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

Hardik ivf

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठन सुदृढिकरण एवं प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको चर्चा गर्दै मातहत कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन क्रियाशिल रहेको बताए । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुलाई कृतज्ञताको चिनो समेत प्रदान गरे । 

कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अन्तरसंवाद कार्यक्रम संगठनको हितको लागि अत्यन्तै फलदायी हुने चर्चा गरे । अन्तरसंवादको क्रममा उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूले प्रहरी संगठन सम्बन्धी समसामयिक विषयमा आ आफ्नो धारणा व्यक्त गर्नुका साथै अनुभव एवं सुझावहरू प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुले प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र नवनिर्मित भवनहरू समेतको अवलोकन गरेका थिए ।

कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, श्याम भक्त थापा, ओम बिक्रम राणा, हेम बहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्र कान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्