Kathmandu Press

सुदूरपश्चिममा दुई सङ्क्रमितको मृत्यु

बैतडी, असोज १५ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमुना परीक्षण गर्दा २६...
सुदूरपश्चिममा दुई सङ्क्रमितको मृत्यु

बैतडी, असोज १५ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआर विधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा दश, जिल्ला अस्पताल बैतडीमा पाँच, महाकाली र डडेल्धुरा अस्पतालमा दुई्दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा पाँच र दार्चुलाका दुई जनामा सङ्क्रमण देखिएको हो।  

यस्तै सो अवधिमा प्रदेशभर २६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन्। यसअघि बिहीबार यस प्रदेशमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमणको  पुष्टि भएको छ भने ३९ जना सङ्क्रमणमुक्त भएका छन्।  

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्