Kathmandu Press

तारकेश्वर सुनका विभिन्न गहना चोरी

तारकेश्वर सुनका विभिन्न गहना चोरी

काठमाडौं, असोज १५ : काठमाडौंको तारकेश्वर सुनका विभिन्न गहना चोरी भएको छ।

तारकेश्वर नगरपालिका–६ धर्मस्थली ढकालटार बस्ने ५५ वर्षीय ईश्वरप्रसाद श्रेष्ठको घरबाट करिब ६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न सुनका गहना बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको ताल्चा फुटाएर घरभित्र रहेको सुनका विभिन्न गहना चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्