Kathmandu Press

पोखरामाथि चितवनको फराकिलो जित

काठमाडौं, असोज १५ : चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल) मा चिवतन टाइगर्सले फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको दोस्रो खेलमा...
पोखरामाथि चितवनको फराकिलो जित

काठमाडौं, असोज १५ : चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल) मा चिवतन टाइगर्सले फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको दोस्रो खेलमा चितवनले पोखरा राइनोजमाथि ९ विकेटको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै पोखराले दिएको १२४ रनको सामान्य लक्ष्य चितवनले १ विकेटको क्षतिमा १६।४ ओभरमा भेट्टायो। चितवनका लागि अफगान ओपनर मोहम्मद सेहजादले सर्वाधिक ६३ रन बनाउँदा भीम सार्कीले ५४ रनको इनिङ खेले।

सेहजादले ५२ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे भने सार्कीले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। २ रनमै पहिलो विकेट गुमाएको चिवतनका लागि यी दुईले १२२ रनको उत्कृष्ट साझेदारी गरे । पोखराका विक्रम सोबले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो। उसका लागि सातौं नम्बरका ब्याटिङका लागि आएका विवेक यादवले ४५ बलमा ५३ रन बनाउँदा असेला गुणारत्नेले २६ र रिचार्ड लेभीले २० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पोखरालाई सस्तैमा रोक्ने क्रममा विक्रम सोब, सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। बिक्रमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदा कप्तान सोमपालले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिए। महँगो बनेका कमलसिंह ऐरीले २ विकेट लिए।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्