Kathmandu Press

नवीनको परिवारलाई खेलाडी कल्याणकारी कोषकाे सहयोग

काठमाडौं, असोज १५ : राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ।न्यौपानेको परिवारको...
नवीनको परिवारलाई खेलाडी कल्याणकारी कोषकाे सहयोग

काठमाडौं, असोज १५ : राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ।

न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो। न्यौपानेका बुवाआमा दुवै क्यान्सर रोगबाट पीडित छन्।

कोषका सदस्य–सचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सिञ्चत रकमको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

२०६५ सालमा कोष स्थापना भए पनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो। हाल कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको श्रेष्ठले जानकारी गराए।

विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबै भन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो। त्यसबेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रुपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो।

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, असोज १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्