Kathmandu Press

जनताको घरदैलोमै पुगेर गरिबको पहिचान गर्छाैं: मन्त्री अर्याल 

स्याङ्जा, साउन १७ : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छिन्।

....
जनताको घरदैलोमै पुगेर गरिबको पहिचान गर्छाैं: मन्त्री अर्याल 
फाइल

स्याङ्जा, साउन १७ : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छिन्।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दै मन्त्री अर्यालले खास गरिबीको पहिचान जनताको घरदैलोमा नै पुगेर गरिने बताएका हुन्। 

'कुनै चौतारोमा बसेर होइन जनताको घरदैलोमा नै पुगेर गरिब पहिचान गरिन्छ। केही साथीहरूले खास गरिबको पहिचान नहुने हो कि भनेर चिन्ता व्यक्त गर्नुभएको छ', मन्त्री अर्यालले भनिन्, 'म स्पष्ट पार्न चाहान्छु, हाम्रो सर्वेक्षण टोलीले खास गरिब पहिचान गर्नुहुनेछ, कसैले चिन्ता नलिनुहोला। प्रविधिबाट गरिबको पहिचान गर्छौ, कसैले ढाट्न मिल्दैन। जनताको जीवनस्तर माथि उठाउन यसले विशेष सहयोग गर्नेछ।'

गरिबको तथ्यांक संकलन भइसकेपछि जनताको जीवनस्तर माथि उठाउन गरिब लक्षित कार्यक्रम ल्याउने मन्त्री अर्यालले बताइन्। मन्त्री अर्यालले तीन वर्षभित्र गरिब शून्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताइन्।

दोस्रो चरणको गरिब पहिचान स्याङ्जाबाट शुभारम्भ

गरिब परिवार पहिचान परिचयपत्र अन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाबाट शुभारम्भ गरिएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा परिचयपत्र वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाबाट शुभारम्भ गरिएको हो। 

दोस्रो चरण अन्तर्गत ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा, स्याङ्जा लगायत  १२ वटा जिल्लामा गरिब पहिचान सुरू गरिएको हो। गरिब पहिचान भइसकेपछि गरिबीका रेखामुनि रहेकालाई परिचपत्र वितरण हुनेछ।

यसअघि शुभारम्भ भएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २६ वटा जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरणका लागि स्थानीय तहहरूको समन्वय भइरहेको छ।
 

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, साउन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्