अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं, असोज १५ : कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–११ रानीपौवा बस्ने धादिङ रोरा गाउँपालिका–४...
काठमाडौं, असोज १५ : कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–११ रानीपौवा बस्ने धादिङ रोरा गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
ग१ख ९४०३ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
सुनसरीको कोसी गाउँपालिका–१ लौकही बजारबाट करिब १ सय ६४ ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने वस्तु सहित सोही गाउँपालिका–५ बस्ने ३८ वर्षीय नइसाद अलि मियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
को२७प ३०८१ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु सहित फेला पारी मोटरसाइकल चालक मियालाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












