Kathmandu Press

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं, असोज १५ : सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना...
सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं, असोज १५ : सप्तरी, धनुषा, रुपन्देही, स्याङ्जा र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।  

सप्तरीको कञ्नचरुप नगरपालिका–११ स्थित  सडकमा स१च १६६३ नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ बस्ने ५० वर्षीय नारायण मोचीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै गोल्डेन अस्पताल विराटनगरमा थप उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनामध्ये चारजनाको गोल्डेन अस्पतालमा र अन्य दुईजनालाई थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Hardik ivf

धनुषाको लक्ष्मिनिया गाउँपालिका–२ स्थित सडकमा ज२त ९२८ नम्बरको ट्याक्टर र ज।११ प ८००७ नम्बरको मोटरसाइकल एक अपसमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइल चालक लक्ष्मिनिया गाउँपालिका–१ सोहनी बस्ने ४५ वर्षीय जुगेश्वर साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर घनुषामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टरका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ नौ नम्बरस्थित सडकमा लु७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २० वर्षीया संगिता गाहा मगरकी छोरी २ वर्षीया पृषिका गाहा मगरको बिहीबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएकी संगिताको सोही अस्पतालमा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय सुबाष काफ्लेको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ। 

स्याङ्जा, आँधीखोला गाउँपालिका–५ बरको बोटस्थित सडकमा ग१त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ। सोही ठाउँस्थित सडकमा रोकी राखेको उक्त ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

झापाको बाह्रदशी गाउँपालिका–५ घोडामारामा मे।१ च २५४६ नम्बको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीया मिना पौडेलकी छोरी १५ वर्षीया आइसा पौडेलको बिहीबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्करबाट घाइते भएकी मिना र सोही नगरपालिका–९ बस्ने ४७ वर्षीय देविभक्त क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्