Kathmandu Press

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ 

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ 
Hardik ivf

पर्वत, असोज १५ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा मोदी गाउँपालिका–५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गरेको हो। 

उनीउपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्