Kathmandu Press

भारतबाट भित्रिने फलफूल र तरकारीमा विषादी जाँच हुन्छः मन्त्री खनाल

चितवन, साउन १७  : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षणमा कडाइ गरिने बताएका छन्।<....

भारतबाट भित्रिने फलफूल र तरकारीमा विषादी जाँच हुन्छः मन्त्री खनाल

चितवन, साउन १७  : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षणमा कडाइ गरिने बताएका छन्।

चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसियसनको वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै खनालले भने,‘भारतबाट आउने तरकारी र फलफूलमा सात ठाउँमा विषादी जाँच भइरहेको छ। अब त्यसमा झन् कडाइ गरिन्छ।’

उनले भारतीय तरकारी र फलफूलमा विषादी परीक्षणलाई निरन्तरता दिइएको पनि बताए। ‘जनताको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। जनताको स्वास्थ्यमा खेलवाड गर्न दिँदैनौं,’ मन्त्री खनालले भने।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, साउन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्