विराटनगरमाथि ललितपुरको जित
काठमाडौं, असोज १५ : कीर्तिपुरस्थित टियू मैदानमा जारी एभरेस्ट प्रियिमर लिग (इपिएल) मा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले पहिलो जित निकालेको छ । शुक्रबार टियू...
काठमाडौं, असोज १५ : कीर्तिपुरस्थित टियू मैदानमा जारी एभरेस्ट प्रियिमर लिग (इपिएल) मा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले पहिलो जित निकालेको छ । शुक्रबार टियू मैदानमा भएको हाइस्कोरिङ म्याचमा ललितपुरले विराटनगर वारियर्समाथि ३७ रनको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै ललिपुरले दिएको २२७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो। उसका लागि दिल्सान मुनाविराले ३९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन बनाउँदा आसिफ सेखले ३० बलमा ३७ रन बनाए।
यस्तै, चन्द्रपाउल हेमराजले १३ बलमा २८ रन बनाउँदा सिकन्दर राजाले १२ बलमा २४ रन बनाए। ललितपुरका लागि अज्मतुल्लाह ओमर्जाइले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए भने ललितनारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले विस्फोटक ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २२६ रनको विहाल योगफल बनायो। यो नेपाली घरेलु क्रिकेटकै सर्वाधिक रन हो। ललिपुरको विस्फोटक इनिङमा दुई विदेशी खेलाडी सन्दुन विराकोडी र अज्मतुल्लाह ओमर्जाइले उत्कृष्ट इनिङ खेल।
ओपनिङमा आएका श्रीलंकन खेलाडी विराकोडीले ४० बलमा १० चौका ३ छक्का प्रहार गर्दै ७३ रन बनाए भने ओमर्जाइले २४ बलमा ७ छक्का प्रहार गर्दै नटआउट ५८ रन बनाए। विस्फोटक इनिङ खेलेका ओमर्जाइले २१ बलमै शतक प्रहार गरे। यो घरेलु क्रिकेटको सर्वाधिक छिटो अर्धशतक हो।
यस्तै, कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ , योगेन्द्रसिंह कार्कीले १८ बलमा २७ रन बनाउँदा जयकिशन कोल्सावालाले १० बलमा १३ रन बनाए। यस्तै, ४ बल मात्र खेलेका नायन जोशीले ३ छक्का प्रहार गर्दै १८ रन बनाए।
ललिपुरले आफ्नो इनिङमा कुल २१ छक्का प्रहार गरेको थियो भने १५ चौका प्रहार गरेको थियो। यो नेपाली क्रिकेटको एकै इनिङमा प्रहार भएको सर्वाधिक बाउन्ड्री र सर्वाधिक छक्का पनि हो।
विराटनगरका विराटनगरका कप्तान करण केसीले २ विकेट लिँदा प्रतिश जिसी, सिकन्दर राजा र दिल्शान मुनाविराले समान १ विकेट लिए।











