Kathmandu Press

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, असोज १५  : बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका-५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेको २०७७...
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, असोज १५  : बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका-५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 
 

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्