Kathmandu Press

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

सुर्खेत, असोज १५ : गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेललगायत १५ जनालाई बिहीबार राति...
तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

सुर्खेत, असोज १५ : गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेललगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त कटेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्