Kathmandu Press

जिपले ठक्कर दिँदा पाँचजना घाइते

सल्यान, असोज १५ : सल्यानमा डबल क्याप जिपले ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु२च ५७०१ नम्बरको जिपले...
जिपले ठक्कर दिँदा पाँचजना घाइते

सल्यान, असोज १५ : सल्यानमा डबल क्याप जिपले ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। 

बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु२च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा आज (शुक्रबार) बिहान ठक्‍कर दिएको हो।

रूखको छहारीमा बसी रहेका उनीहरूलाई अनियन्त्रित गतिमा आएको जिपले ठक्कर दिएको बताइएको छ।

घाइते हुनेमा शारदा–६ बरलाका अन्दाजी १८ वर्षीया मीना परियार, अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी, १६ वर्षीया सुशीला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली घाइते रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीहरू सबै विद्यार्थी भएको बताइएको छ। 

घाइते पाँचैजनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये सुशीला, दीपा र सुनिताको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। 

जिप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। चालक फरार रहेकाले खोजी कार्य भइरहेको पौडेलको भनाइ छ। जिपमा सवारहरु  भने सकुशल छन्।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्