Kathmandu Press

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा

काठमाडौं, असोज १५ : नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन्। सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले...
पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा

काठमाडौं, असोज १५ : नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन्। 

सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा वीरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ शेर्पा र रामकृष्ण तिमल्सिना चयन भउका छन्। महासचिवमा बद्रीप्रसाद तिमल्सिना चयन भएका छन्। 

Hardik ivf

यस्तै, उपमहासचिवमा नवराज गौली र केशव धिताल, सचिवमा सुमन न्यौपाने, प्रदीप पण्डित, विष्णु बराकोटी, अच्युत गुरुङ, तिलक लोहनी र उत्तम कार्की चयन भएका छन्। कोषाध्यक्षमा नवराज थापा र सहकोषाध्यक्षमा सुनिल सिलवाल निर्वाचित भए। भेलाले ५५ सदस्य पनि चयन गरेको छ। 

कार्यक्रममा नेता न्यौपानेले कोरोना महामारीका कारण तहसनहस भएको पर्यटनलाई पुनःउत्थान गर्न नयाँ गठन भएको सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने बताए। पर्यटन क्षेत्रको विकासले देशको विकासमा टेवा पुर्‍याउने उनको भनाइ थियो। 

नवनियुक्त अध्यक्ष थापाले पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि व्यवसायी सङ्गसङ्गै सरकारको पनि महत्वपूर्ण भूमिका रहेको बताए। 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्