Kathmandu Press

ट्र्याक्टरको ठक्करबाट घाइतेको उपचारका क्रममा मृत्यु

वालिङ, असोज १५ : ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको छ।स्याङ्जाको आँधीखोला गाउँपालिका-५ बरको बोटको ओरालोमा ग १ त...
ट्र्याक्टरको ठक्करबाट घाइतेको उपचारका क्रममा मृत्यु

वालिङ, असोज १५ : ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको छ।

स्याङ्जाको आँधीखोला गाउँपालिका-५ बरको बोटको ओरालोमा ग १ त ३१६८ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ४५ वर्षीया माया विक घाइते भएकी थिइन्।

Hardik ivf

उनको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

बिहीबार साँझ साढे ५ बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफैं अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ।

ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:०१ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्