प्रदेश २ का सांसदहरुले भेटे प्रधानमन्त्री
काठमाडौं, साउन १७ : प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। बालुवाटरमा आज प्रधानमन्त्रीसँग भएको भेटमा उ....

काठमाडौं, साउन १७ : प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। बालुवाटरमा आज प्रधानमन्त्रीसँग भएको भेटमा उनीहरूले तराईको बाढी र डुवानको समस्यालाई उठाएका छन्।
सांसदहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले बाढीपीडितलाई तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको बताए।
‘बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योेजना बनाउदैछ,’ प्रधानमन्त्री ओलीले भने, ‘वर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालीन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ। बाढी र डुबानका कारण हुने जनधनको क्षति न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ।’
केही समयभित्रै बाढीले क्षति पुर्याएका प्रदेश २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्री ओलीले सांसदहरूलाई बताएका छन्। ‘केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहातको केही कार्यक्रमसहित प्रदेश २ मा आँउछु,’ प्रधानमन्त्री ओलीले भने।

-1784896419.png)









