Kathmandu Press

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, असोज १४ : काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध २ सय ८३ ट्याब्लेट नाईट्राभेट सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने १९...
नियन्त्रित लागूऔषध सहित पक्राउ
Hardik ivf

काठमाडौं, असोज १४ : काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध २ सय ८३ ट्याब्लेट नाईट्राभेट सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने १९ वर्षीय अतित तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्