Kathmandu Press

तीन जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १४ : काठमाडौं महानगरपालिका २० रामघाटस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला...
तीन जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १४ : काठमाडौं महानगरपालिका २० रामघाटस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बानेश्‍वरस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

Hardik ivf

दाङ, गढवा गाउँपालिका ६ तल्लो मतपुर बस्ने ४० वर्षीय पञ्चराम चमार आफ्नो घरबाट करिब १ सय मिटर टाढा रहेको मतपुर नसला सामुदायिक वनको घाटगद्धिमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्