बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, असोज १४ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।उच्च...
काठमाडौं, असोज १४ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ७ सिफलबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले नारायणलाई उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












