पहिरोमा पुरिएर स्काभेटरसहित चालक बेपत्ता
गोरखा, साउन १७ : बाटो खन्दै गर्दा पहिरोमा पुरिएर स्काभेटरसहित चालक वेपत्ता भएका छन्।
आज बिहान गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा....

गोरखा, साउन १७ : बाटो खन्दै गर्दा पहिरोमा पुरिएर स्काभेटरसहित चालक वेपत्ता भएका छन्।
आज बिहान गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा बाटो खन्दै गर्दा माथिबाट आएको पहिरोले स्काभेटरसहित चालकलाई पुरेको हो।
पहिरोमा पुरिएर वेपत्ता भएका स्काभेटर चालक रमेश तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनी सिन्धुपाल्चोकका बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले खोजी भइरहेको बताए।
प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









