Kathmandu Press

केपी ओलीलाई आज गाली गर्दिनँ : प्रचण्ड

आफूले संसदमा आगोसँग खेल्ने भनेर गरेको प्रश्नलाई उडाउनेहरू केही दिनमै बालुवाटार छाडेर बालकोटको बार्दलीमा पुगेको बताउँदै एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरे।
केपी ओलीलाई आज गाली गर्दिनँ : प्रचण्ड

काठमाडौं, असोज १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज केपी ओलीलाई गाली गर्ने मुडमा नरहेको बताएका छन् ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले केपी ओलीसँग रिस उठेर कहिलेकाहीँ गाली गर्ने गरेको तर आज गाली नगर्ने बताएका हुन् । आफूले संसदमा आगोसँग खेल्ने भनेर गरेको प्रश्नलाई उडाउनेहरू केही दिनमै बालुवाटार छाडेर बालकोटको बार्दलीमा पुगेको बताउँदै एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरे ।

Hardik ivf

वाईसीएल र अखिल क्रान्तिकारी आउँदा आतंकित हुनेहरू अहिले समाजमा उल्टै हावी भएको उनले बताए । ‘अहिले गाउँघरमा माओवादी आतंक छैन, ओलीको आतंक छ, कमल थापाको आतंक छ । गणतन्त्र रोक्न लागिपरेकाहरूको पो आतंक छ अहिले,’ प्रचण्डले भने ।

अहिले नै आफूले पार्टी नेतृत्वको उत्तराधिकारी नतोक्ने उनले बताए । माओले उत्तराधिकारी तोक्दा लिन प्याओले उल्टै गोली चलाएको प्रसंग उनले उल्लेख गरे ।

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्