Kathmandu Press

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ     

पर्सा, असोज १४ : एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार प्रहरीले...
एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ     
Hardik ivf

पर्सा, असोज १४ : एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसुरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि बालसुधार गृह पठाएकोमा कोभिड १९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुनः सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो। 

२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए। 
 

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्