Kathmandu Press

प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा टिम छनोट

बैतडी, असोज १४ : सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट गरिएको छ। जिल्लाभरिबाट आएका खेलाडीको एकदिने छनोट प्रतियोगिता सञ्चालन गरी टिम...
प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा टिम छनोट

बैतडी, असोज १४ : सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट गरिएको छ। 

जिल्लाभरिबाट आएका खेलाडीको एकदिने छनोट प्रतियोगिता सञ्चालन गरी टिम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए। नौ जनालाई छनोट गरी टिम बनाइएको हो।

छनोट भएका खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन चन्द, मनोज चन्द, गोविन्द साउद, श्याम दयाल, गम्भीर साउद, लक्ष्मण भट्टराई र विकास विष्ट रहेका छन्।

यस्तै वैकल्पिक खेलाडीमा सुरज कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई र दीपक विष्ट छनोट भएका छन्। प्रशिक्षकका रूपमा हरिसिंह भण्डारी र टिम व्यवस्थापकका रूपमा तर्कराज जोशी रहेका छन्।

छनोट गरिएमा खेलाडी जिल्लाभित्रकै, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवद्ध नभएका र छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने रहेका जनाइएको छ। छनोट भएका खेलाडीलाई आजदेखि चारदिने प्रशिक्षण दिन लागिएको छ।

छनोट भएको जिल्लाको टिमले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना प्रदेशस्तरीय छनोट प्रतियोगिता धनगढीमा असोज २० देखि २३ सम्म सञ्चालन हुनेछ।

उक्त छनोट प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गरेका १२ खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइनेछ।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, असोज १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्