साउनभित्र पार्टी एकता टुङ्गिन्छ : नेपाल
चितवन, साउन १७ : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने बताएका छन्।
आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनल....

चितवन, साउन १७ : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने बताएका छन्।
आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताएका हुन्। एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, ‘पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ।’
सरकारका काम कारवाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो। ‘ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ । दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन,’ नेपालले भने।

-1784896419.png)









