Kathmandu Press

दर्ता गरेर मात्रै पशु बधशाला चलाउन निर्देशन

काभ्रे, असोज १४ : जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना...
दर्ता गरेर मात्रै पशु बधशाला चलाउन निर्देशन

काभ्रे, असोज १४ : जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको छ। 

पशु बधशाला सञ्चालकलाई बधशाला दर्ता गरेर मात्रै सञ्चालन गर्न पनि निर्देशन दिएको छ। काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो।

अनुगमनका क्रममा बनेपा नगरपालिका–७ गोदामचोकमा रहेको इजीसपले तोकिएभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएको भन्दै पहिलोपटकका लागि रु पाँच हजार जरिवाना गरिएको छ । पसलका सञ्चालकले मूल्यसूची टाँस गर्ने क्रममा भुलवश बढी मूल्य टाँसेको स्वीकार गर्दै अब त्यसरी गल्ती नगर्ने बताए। 

Hardik ivf

त्यसैगरी बनेपा नगरपालिका–९ शाहीटोलमा सञ्चालन  हुँदै आएको पशु बधशाला बिनादर्ता सञ्चालन गरेको पाइएका कारण त्यसो नगर्न निर्देशन दिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख मोगलप्रसाद साहका अनुसार अनुगमनको क्रममा शाहीटोलमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको बधशाला बिनादर्ता चलाइरहेको पाइएको बताए।

‘मासु पसल दर्ता गरेर त्यसैको नाममा बधशालासमेत सञ्चालन गरेको पाइएको छ,’ उनले भने, ‘पसल दर्ता एउटा, काम गराइ अर्को भएको पाइएका कारण तत्काल दर्ता प्रक्रियामा जानका लागि निर्देशन दिएका छौं।’

बनेपाको शाही टोलमा आठनौ बधशाला सञ्चालनमा आएकामा सबै बिनादर्ता सञ्चालन गरेको र त्यसरी सञ्चालनमा आएको बधशाला मापदण्डअनुसारको नभएको पाइएको छ।

बधशाला सञ्चालन गर्दै आएकी रीना शाहीले यसरी नियमपूर्वक बधशाला सञ्चालन गर्नुपर्ने भन्ने जानकारी नपाएको भन्दै त्यसका लागि आवश्यक सुझाव र प्रक्रियाका बारेमा जानकारी दिन आग्रह गरे।

बनेपा तीन दोबाटोमा चण्डेश्वरी मासु पसल दर्ता गरी बधशाला समेत सञ्चालन गर्दै आएका उनले आफ्नो पसलबाहेक बनेपा र धुलिखेललगायतका अन्य पसललाई समेत मासु बिक्री गर्दै आइरहेको बताए।

त्यसरी मासु पसलमात्रै दर्ता गरेर बधशाला सञ्चालन गर्दै आएका व्यवसायीलाई समूहमा मिलेर बधशाला दर्ता गराइपाऊँ भन्ने सामूहिक निवेदन लिएर नगरपालिकामार्फत आउन र त्यसपछि आवश्यक प्रक्रिया मिलाएर बधशाला सञ्चालनको व्यवस्था गरिदिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख साहले बताए। त्यसरी सञ्चालनमा आएको बधशाला सञ्चालकलाई दर्ता गरी बिक्री वितरण गर्ने क्रममा बिलमार्फत मात्रै कारोबार गर्न निर्देशन दिइएको छ।

बधशाला सञ्चालक शाहीले आफूहरुले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकालाई ढलको व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरेको गुनासो गरे।

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्