भन्सार छलेर लैजाँदै गरेको केराउ बरामद
बर्दिया, असोज १४ : अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम...
बर्दिया, असोज १४ : अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ मधुबन नगरपालिका–८ बाट बुधबार प्रहरीले बरामद गरेको छ।
अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ केराउ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरीले उक्त केराउ फेला पारी बरामद गरेको हो।
बरामद केराउ आबश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रकाशित मिति: १५:४० बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












