ललितपुरको लेलेमा करेन्ट लागेर एकजनाको मृत्यु
ललितपुर, असोज १४ : गोदावरी नगरपालिका–५ लेले बसपार्कस्थित विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण लगनखेलमा कार्यरत महालक्ष्मी नगरपालिका–१ ईमाडोल बस्ने उदयपुर...
ललितपुर, असोज १४ : गोदावरी नगरपालिका–५ लेले बसपार्कस्थित विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण लगनखेलमा कार्यरत महालक्ष्मी नगरपालिका–१ ईमाडोल बस्ने उदयपुर घर भएका २५ वर्षीय देव नेपालीको मृत्यु भएको छ।
काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लेले स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका अन्य दुईजनालाई उक्त स्वास्थ चौकी हुँदै थप उपचारका लागि पाटन अस्पताल लगनखेल पठाएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२० बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












