Kathmandu Press

डुबेर तीनजनाको मृत्यु     

काठमाडौं, असोज १४ : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित कमलपोखरीमा डुबेर सोही ठाउँ पाटीमा बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका २६ वर्षीय रमेश खड्काको...
डुबेर तीनजनाको मृत्यु     

काठमाडौं, असोज १४ : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित कमलपोखरीमा डुबेर सोही ठाउँ पाटीमा बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका २६ वर्षीय रमेश खड्काको छोरा ६ वर्षीय रोसन खड्काको मृत्यु भएको छ।

डुबेर गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

सिरहाको बरियापट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने रबिन कुमार यादवकी छोरी १८ महिनाकी प्रिन्सा कुमारी यादवको आफ्नै घर नजिक खेतमा जमेको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ। 

बाराको सिम्रौनगढ नगरपालिका–१ ढाँटटोल बस्ने जितन मुखियाकी छोरी ६  वर्षीया सुमन कुमारीको डुबेर बुधबार साँझ मृत्यु भएको छ।

सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारका लागि नगर अस्पताल सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्