Kathmandu Press

सवारी दुर्घटनामा चारजनाको मृत्यु   

सवारी दुर्घटनामा चारजनाको मृत्यु   

काठमाडौं, असोज १४ : विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१८ भोईलस्थित सडकमा ज९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय कुनाल कुमार साह समेत ३ जनाको बुधबार दिउँसो मृत्यु भएको छ। 

Hardik ivf

दुर्घटनामा गम्भीर घाईते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको हो।

कैलालीको जोशीपुर गाउँपालिका–१ बडरीयामा पावर टेलर पल्टिएर बुधबार साँझ दुर्घटना हुँदा पावर टेलरमा सवार सोही गाउँपालिका–१ बस्ने ४५ वर्षीया कौसिला देवी चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्