मेलम्ची खानेपानीको पाइप सफा गर्दा मजदुर दाजुभाइको मृत्यु
काठमाडौं, साउन १७ : मेलम्ची खानेपानी आयोजनाको पाइस सफा गर्दा आज बिहान मजदुर दाजुभाइको मृत्यु भएको छ।
आज बिहान करिब ९ः५५ बजे काठमाडौं महानगरप....
काठमाडौं, साउन १७ : मेलम्ची खानेपानी आयोजनाको पाइस सफा गर्दा आज बिहान मजदुर दाजुभाइको मृत्यु भएको छ।
आज बिहान करिब ९ः५५ बजे काठमाडौं महानगरपालिका–१६ बालाजुस्लित मेलम्ची खानेपानीको पाइप सफा गर्न सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेस साह र २० वर्षीय शिवकान्त साह सडकमा रहेको म्यानहोलबाट भित्र पसेका थिए। उनीहरू धेरैबेरसम्म बाहिर नफर्केपछि उद्धार सुरू गरिएको थियो।
त्यसपछि प्रहरीले डोजर लगाएर पाइप खनेको थियो। डोजरले खनेर निकाल्दासम्म ढिलाे भइसकेकाे महानगरीय प्रहरी वृत्त बालाजु डिएसपी बाल नरसिंह राणाले बताए। गम्भीर अवस्थामा उद्धार गरिएका दुवै दाजुभाइलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्ज पुर्याइएकाे थियाे।
सुरेश र शिवकान्त दुवै दाजुभाइको उपचारका क्रममै मृत्यु भएकाे डिएसपी राणाले बताए।
उनीहरू मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउने तथा खन्ने काम गर्दै आएका थिए। केही दिनदेखि सडकभित्र बिछ्याएको पाइप सफा गर्न थालिएको थियो।
उनीहरू पनि पाइप सफा गर्न लागेका थिए। पाइप सफा गर्दागर्दै भित्र अड्किएको प्रहरीको भनाइ छ।






