Kathmandu Press

चितुवाको छालासहित दुईजना पक्राउ

गुल्मी, असोज १४ : गुल्मीमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्।छत्रकोट गाउँपालिका–३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित...
चितुवाको छालासहित दुईजना पक्राउ

गुल्मी, असोज १४ : गुल्मीमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्।

छत्रकोट गाउँपालिका–३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा सोही गाउँपालिका–२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरि बहादुर सार्की रहेका छन्।

उक्त होटल एण्ड लजमा चितुवाको छालाको अबैध कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त होटलको कोठामा लुकाई राखेको उक्त छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्