इपिएल काठमाडौंविरुद्ध चिवतन ३ विकेटले विजयी
काठमाडौं, असोज १४ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्स विजयी भएको छ। बिहीबार भएको खेलमा चितवनले काठमाडौं किंग्स इलाभेनमाथि ३...
काठमाडौं, असोज १४ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्स विजयी भएको छ। बिहीबार भएको खेलमा चितवनले काठमाडौं किंग्स इलाभेनमाथि ३ विकेटको जित निकाल्यो।
प्रतियोगितामा लागतार दोस्रो निकाल्दै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा विराटनगरलाई हराएको चितवनको २ खेलमा ४ अंक भएको छ। ३ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ। काठमाडौं भने २ अंकसहित चौथो स्थानमा छ।
पहिला ब्याटिङ गर्दै काठमार्डौं दिएको १४२ रनको लक्ष्य चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। काठमाडौंका जितमा राजेश पुलामी मगरले सर्वाधिक २७ रन बनाए। धैर्यपूर्ण ब्यािटङ गरेका उने २९ बलमा ६ छक्का प्रहार गरे।
यस्तै, नवौं नम्बरमा ब्याटिङमा आएका कमलसिंह ऐरीले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रन बनाए। राजेश र कमलले आठौं विकेटका लागि ४७ रनको साझेदारी गरे। दिलिप नाथले २६ बलमा २३ र करिम जनतले १४ बलमा २१ रन बनाए।
काठमाडौंका रायन बुर्ल र जितेन्द्र मुखियाले मसान २ विकेट लिए। बुर्लले ४ ओभरमा १३ रन खर्चिए भने मुखियाले ३.४ ओभरमा २९ रन खर्चिए।
यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो । उसका लािग सुवास खकुरेलले ३५ बलमा सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २० बलमा २८ तथा जनक प्रकाशले १६ बलमा २६ रनको योगदान दिए।
चितवनका सागर ढकालले उत्कृष्ट बलिङ गरे। उलने ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। यस्तै, करिम जनतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।











