Kathmandu Press

राष्ट्रिय भलिबल : एपिएफद्वारा पुलिस पराजित

काठमाडौं, असोज १४ : छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस...
राष्ट्रिय भलिबल : एपिएफद्वारा पुलिस पराजित

काठमाडौं, असोज १४ : छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बन्यो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो। यस जितसँगै एपिएफले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । पुलिसले दुई खेलमा तीन अङ्क जोड्यो।

न्यु डायमन्ड स्पोर्ट्स क्लब विजयी

त्यस्तै सोही स्थानमा आज नै भएको अर्को खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। न्यू डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गर्‍यो ।

यस जितसँगै समूह बीको विजेतासमेत बनेको न्यू डायमन्डले दुई खेलमा छ अङ्क जोड्यो। पहिलो खेलमा न्यू डायमन्डले एभरेष्ट क्लब बुटवललाई हराएको थियो।

यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आर्मीले दुई खेलमा तीन अङ्क जोड्यो। न्यू डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ।

नेपाल भलिबल सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले रु चार लाख तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन्।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउनेछन्।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्