Kathmandu Press

पहिरोले घर बगाउँदा ६ वर्षीया छोरीसहित आमाको मृत्यु

बाजुरा, साउन १७ : पहिरोले घर बगाउँदा बाजुरामा ६ वर्षीया छोरीसहित आमाको मृत्यु भएको छ।

पहिरोले गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलकी न....

पहिरोले घर बगाउँदा ६ वर्षीया छोरीसहित आमाको मृत्यु

बाजुरा, साउन १७ : पहिरोले घर बगाउँदा बाजुरामा ६ वर्षीया छोरीसहित आमाको मृत्यु भएको छ।

पहिरोले गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलकी निरुता चदाराको घर बगाएको हो। घर बगाउँदा ३० वर्षीया निरुता र उनकी छोरी ६ वर्षीया किस्मिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।

प्रहरीका अनुसार, हिजो राति १ बजेतिर घरमाथिबाट पहिरो खसेको हो। पहिरोमा परी पाँच घाइते भएका छन्। घाइते हुनेमा जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको छ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले बताए।

पहिलो गएको गाउँमा प्रहरी टोली पठाएको छ। जिल्ला प्रहरी कार्यालय र घटमुना प्रहरी चौकीको टोली गाउँमा पुगिसकेको डीएसपी भाटले बताए।

 

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, साउन १७, २०७६