रोनाल्डोको गोलमा युनाइटेडले विजयी
काठमाडाैं, असाेज १४ : क्रिस्टियानो रोनाल्डोले अन्तिम सेकेन्डमा गोल गरेपछि च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड विजयी भयो । ओल्ड ट्राफोर्डमा रोनाल्डोको निर्णायक...
काठमाडाैं, असाेज १४ : क्रिस्टियानो रोनाल्डोले अन्तिम सेकेन्डमा गोल गरेपछि च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड विजयी भयो । ओल्ड ट्राफोर्डमा रोनाल्डोको निर्णायक गोल मद्दतमा युनाइटेडले भिल्लारियलमाथि २–१को जित निकाल्यो।
खेलमा अग्रता भने भिल्लारियलले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा पाको अल्कासारले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।
एक गोलले पछि परेपछि खेलमा थप दबाब बनाएको युनाइटेडले ६०औं मिनेटमा बराबरी गोल फर्काएयो । कप्तान ब्रुनो फर्नान्डेसको फ्रिकिकमा एलेक्स टेलेसले भलीमार्फत गोल गरेका थिए ।
बराबरीतर्फ उन्मूख खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा रोनाल्गोले जेसी लिंगार्डको पासमा गोल गर्दैृ युनाइटेडलाई २–१को जित दिलाए । यसैसिजन १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको यो ५ खेलमा पाँचौं गोल हो।
प्रकाशित मिति: ०९:३७ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











