Kathmandu Press

ईपीएल : आज काठमाडौं र चितवन, भैरहवा र ललितपुर भिड्दै

काठमाडौं, असोज १४ : एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर खेल्न लागेका छन्।त्रिवि मैदान कीर्तिपुरमा हुने...
ईपीएल : आज काठमाडौं र चितवन, भैरहवा र ललितपुर भिड्दै

काठमाडौं, असोज १४ : एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर खेल्न लागेका छन्।

त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाडौं र चितवनको खेल हुँदै छ। त्यस्तै, दोस्रो खेल भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच दिउँसो साढे १ बजे हुनेछ।

Hardik ivf

पहिलो खेलमा दुवै टोली जितको खोजीमा छन्। काठमाडौंमा दुई अङ्कका साथ तेस्रो स्थानमा र चितवन चौथो स्थानमा छ।

त्यस्तै, दोस्रो खेलमा भिड्न लागेको भैरहवा स्थानमा छ। ललितपुर भने पहिलो जितको खोजीमा छ। यसअघि खेलेका दुवै खेल हारेको छ।

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्