Kathmandu Press

मनकामना एकता फाउन्डेसन सम्मानित 

काठमाडौं, असोज १३ : भारतको मुम्बइमा अवस्थित नेपालीहरुको संस्था मनकामना एकता फाउन्डेसनलाई १२ असोजमा दिल्लीस्थित नेपाली राजदूतावासले प्रशंसापत्र प्रदान गरेको छ ।भारतमा रहेका...
मनकामना एकता फाउन्डेसन सम्मानित 

काठमाडौं, असोज १३ : भारतको मुम्बइमा अवस्थित नेपालीहरुको संस्था मनकामना एकता फाउन्डेसनलाई १२ असोजमा दिल्लीस्थित नेपाली राजदूतावासले प्रशंसापत्र प्रदान गरेको छ ।

भारतमा रहेका नेपालीहरुको समस्याको सहजीकरण र कोभिड १९ को महामारीका बेला फाउन्डेसनले पुर्‍याएको संस्थागत सहयोगको उच्च मुल्याकंन गर्दै संस्थालाई सम्मान गरिएको राजदूतावासले  प्रदान गरेको  प्रशंसापत्रमा जनाइएको छ । २०७१ (सन् २०१४) मा स्थापना भएपछि फाउन्डेसनले नेपालीहरुबीच भाइचारा अभिवृद्धि गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ ।

Hardik ivf

कोभिड महामारीका समयमा रोजगारी गुमाएर समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न लगायतका सहयोग गर्ने काममा फाउन्डेसन सक्रिय रुपमा लागेको थियो । राजदूतावासले संस्थालाई प्रदान गरेको प्रशंसापत्र ग्रहण गर्न संस्थाका सल्लाहकार एवं पूर्व सभापति शालीग्राम तिवारी, वर्तमान सभापति मोतीलाल न्यौपाने, महासचिव केशवराज काफ्ले, कोषाध्यक्ष खडक खत्री, संगठन सचिव मिनप्रसाद भण्डारी र संस्थाका दिल्लीस्थित प्रतिनिधि पुरनप्रसाद गैह्रे उपस्थिति थिए ।

सोही अवसरमा फाउन्डेसनका प्रतिनिधिले मुम्बइ नजिकै भिवन्डीमा आगलागीमा परेर ज्यान गुमाएका ७ र घाइते भएका ३  नेपालीका  बारेमा राजदूतावासको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।  सो आगलागीमा परेकाका परिवार र घाइते कसैले पनि अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् ।

यसका बारेमा अदालतमा मुद्दा दायर गरिएको भए पनि प्रत्यक्षदर्शीको अभाव देखाउँदै यो मुद्दा खारेज गरिएको थियो । यो विषयलाई फाउन्डेसनले सक्रियतापूर्वक उठाउँदै आएको छ ।

प्रकाशित मिति: १९:३२ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्