Kathmandu Press

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, असोज १३ : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, असोज १३ : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका ७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Hardik ivf

आपसमा सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्