Kathmandu Press

सुदूरपश्चिममा थपिए ३३ सङ्क्रमित 

सुदूरपश्चिममा थपिए ३३ सङ्क्रमित 

बैतडी, असोज १३ : सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९८९ को नमुना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

Hardik ivf

२५ जनामा आरटी पीसीआर र आठजनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा चार, डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली, डोटी र अछाममा  एक÷एक जनामा सङ्क्रमण देखिएको हो।  

यस्तै सो अवधिमा प्रदेशभर १७ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। 

यसअघि मङ्गलबार यस प्रदेशमा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि हुँदा २१ जना सङ्क्रमणमुक्त भएका थिए।  

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्